उत्तर कोरियाले सफलतापूर्बक रकेट प्रक्षेपण गरेको छ। स्थानीय समयअनुसार विहान नौ बजेर उनन्चास मिनेटमा प्रक्षेपण गरिएको सो रकेटले पृथ्वीको कक्षामा भू-उपग्रह स्थापित गरेको कुरा उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ।
अन्तर्राष्ट्रिय चेतावनीको बेवास्ता गर्दै गरिएको त्यस प्रक्षेपणको अमेरिका, जापान र दक्षिण कोरियाले विरोध गरेका छन। उत्तर कोरियाको छिमेकी र अमेरिकाले यस प्रक्षेपणलाई लामो दूरीको क्षेप्याश्त्रको विकासका लागि गोप्य कार्यक्रम भनेका छन। जापानले यस घटनाको विरोध गरेको छ भने दक्षिण कोरियाले आकस्मिक बैठक बोलाएको छ।
यो प्रक्षेपण दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचनको एक हप्ताअघि गरिएको छ, र राष्ट्रपति किम जोम-इलको मृत्युको लगभग एक वर्षपछि।
दक्षिण कोरियाली समाचार संस्था योन्हाप्ले प्रथम चरणमा छुट्टिएको रकेटको तल्लो भाग पीत सागरमा खसेको जनाएको छ। जापानले छुट्टिएको रकेटको अधिकांश भाग फिलिपिन्सको पूर्वी भागमा खसेको जनाएको छ। आफ्ना सेनालाई सतर्क अवस्थामा रहन आदेश दिएको जापानले सो रकेट ओकिनावा प्रान्तको केही भागबाट गएको जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment