भारतका लोकप्रिय सितार बादक रवि शंकरको बयानब्बे वर्षको उमेरमा निधन भएको छ। सान डिएगोस्थित स्क्रिप स्मारक अस्पतालमा भर्ना भएका रविले शल्य क्रियापछि पूर्ण स्वास्थ्य लाभ गर्न नसकेको जानकारी परिवारजनले दिएका छन्।
संगीत टोली बिटल्ससङ्ग सम्बन्धित भएर रवि शंकरले विश्वभरि मान्यता पाएका थिए।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले रवि शंकरलाई भारतका राष्ट्रिय निधि र भारतीय सांस्कृतिक सम्पदाका विश्वब्यापी दूतको रुपमा प्रसंसा गर्नुभएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment