फिलिपिन्समा हालै आएको बोफा नामका समुद्री आँधिका कारण मारिनेहरुको संख्या छ सय बीस पुगेको छ भने बेपत्ता हुनेहरुको संख्या आठ सय नाघेको छ। रहेको आइतबार प्रकाशित सरकारी तथ्याङ्कमा जनाइएको छ ।

गत मंगलबार आएको त्यस आँधिले तहसनहस पारेको मिन्डानाओ द्वीपका केही भागमा अझै खोजी कार्य जारी रहेको बताइएको छ।
आँधि प्रभावित क्षेत्रका तीन लाखभन्दा बढी मानिसले सुरक्षित स्थानमा शरण लिइरहेका छन्।
यसैबीच, आँधि प्रभावित क्षेत्र पुगेको राष्ट्र संघीय सहयोग अनुमान सर्भेक्षण टोलीले मिन्डानाओमा सय प्रतिसत विनाश भएको खबर पठाएको छ।
तस्वीर-सौजन्य: बिबिसी
No comments:
Post a Comment