नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले सत्तारुढ गठाबन्धनले प्रस्तुत गरेका शर्तहरु नमान्ने र प्रधामन्त्रीको पद हासिल गर्नकै लागि आफ्ना प्रजातान्त्रिक मूल्य-मान्यताहरु विरुद्ध सम्झौता नगर्ने निर्णय गरेको छ । दलको मुख्यालय सानेपामा बसेको सो बैठकले एकीकृत नेकपा माओवादीले भने जस्तै गरी संविधानका अन्तरवस्तुमा पूर्वसहमति गर्न नसकिने निर्णय समेत गरेको छ ।
सभापति शुशिल कोइरालालाई एमाओवादीसहितको गठबन्धनले प्रधानमन्त्रीका लागि अस्वीकार गरेपछि बसेको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले निर्बाचनअघि यस्तो सहमति गरेमा जनताको सार्वभौम अधिकार कुण्ठित हुनजाने निश्कर्ष पनि निकालेको छ ।
चार वर्षसम्म सहमति जुट्न नसेको संविधान सभाको अन्तर्वस्तुमा चार दिनभित्रै सहमति खोज्ने प्रयास गर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको ठहर बैठकले गरेको जानकारी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिनुभयो।
चार वर्षसम्म सहमति जुट्न नसेको संविधान सभाको अन्तर्वस्तुमा चार दिनभित्रै सहमति खोज्ने प्रयास गर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको ठहर बैठकले गरेको जानकारी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिनुभयो।
बैठकमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरु- नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल आदिवासी जनजाति संघको विधानका बारेमा पनि छलफल भएको जानकारी नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीले दिनुभयो।
बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी., महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, एनपी. साउँद, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी र बद्री पाण्डेले छलफलका क्रममा मन्तब्य व्यक्त गर्नुभएको थियो।
No comments:
Post a Comment