क्षेत्रीय समुद्री सीमासम्बन्धी विषयलाई लिएर भिएतनाममा आज आइतबार आयोजना गरिएको चीन विरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुलाई प्रहरीले तत्कालै तितरबितर पारेको छ। पेट्रोलिएम पदार्थको खोजीमा लागेको भिएतनामी पानी जहाजको तार चिनियाँ पक्षले काटेको आरोप भिएतनाम सरकारले गत महिना लगाएपछि दुइ पक्ष बीच तनाव बढेको बताइएको छ।

भिएतनाम, फिलिपिन्स र ताइवानले चिनियाँ राहदानीमा छापिएको नक्साले आफ्नो सार्बभौमिकताको उल्लङ्घन भएको भन्दै छिन् समक्ष विरोध जनाएको बताइएको छ।
भिएतनाम र फिलिपिन्सले त नयाँ चिनियाँ राहदानीमा छाप लगाउन अस्वीकार गर्दै छुट्टै कागतमा प्रवेशाज्ञा जारी गर्नेगरेको बिबिसीले जनाएको छ।
तस्वीर-सौजन्य: बिबिसी
No comments:
Post a Comment