अदालत ले ज्यान मारेको अभियोगमा २० बर्ष कैद सुनाएको व्यक्ति अदालत को सूचिमा फरार रहे पनि नेपाली सेनामा कार्यरत रहेको रहस्य खुलेको छ ।
तत्कालिन अवस्थामा रामेछापमा रहेको नारायण दल गणबाट सेवा थालेका बिजुलीकोट ७ स्थायी घर भएका तिलक भनिने मिलन लामालाई अदालत ले ज्यान मारेको अभियोगमा २०५९ मा २० वर्ष कैदको फैसला सुनाएको थियो ।
उनी २०६१ सालमा अर्को नाममा नागरिकता बनाएर सेनामा पसेको खुलासा भएको हो । सेनाको नारायण दल गण सिंहदरबारमा कार्यरत लामालाई प्रहरीले ब्यारेकबाट निस्केको अवस्थामा शुक्रबार काठमाडौंको रत्नपार्क नजिकैबाट नियन्त्रणमा लिई शनिबार रामेछाप ल्याएको छ । प्रहरीले आइतबार लामालाई जिल्ला अदालत मा पेश गरी कारागार चलान गरेको छ ।
अदालत बाट दोषी ठहर भएका मध्ये ठूलो संख्यामा दोषीहरु फरारको सूचीमा रहेको समाचार सार्वजनिक भएपछि फरार अपराधिको खोजीमा प्रहरीले तीन महिनादेखि सक्रियता देखाएकोले यो उपलव्धी हासिल भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताए ।
लामालाई नियन्त्रणमा लिन प्रहरीले दुई महिना अघिदेखि सुत्र परिचालन गरेको थियो । काठमाडौंमा रहेका प्रहरी निरीक्षक मानबहादुर राई समेतको टोलीले लामालाई पक्राउ गर्न सफल भएको उनले बताए । यो समेत १२ जना फरार अपराधिलाई पक्राउ गरी कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लामालाई रामेछापको बिजुलीकोट गाविस वडा नं ७ का खड्गबहादुर सुनुवार र धनबहादुर सुनुवारको मिति २०५० साल भदौ १६ गते विजुलीकोटकै खुलु भन्ने स्थानमा हत्या गरी फालेको अभियोगमा दोषि ठहर गरेको हो । हत्या गरेको अभियोगमा रामेछाप जिल्ला अदालत ले उनी समेत अन्य २ जनालाई २० बर्षका दरले कैद सजाय सुनाएको थियो ।
उक्त फैसला पछि रामेछाप कारागारमा पुगेका तिलक, लालबहादुर सुनुवार र लोकबहादुर खड्काले पुनरावेदन अदातलमा मुद्दा लडेका थिए । पुनारावेदनअदालत जनकपुरले २०५३ असार ३० गते तिलकलाई २० रुपैंयाँ जरिवाना गरी अन्य २ लाख १० बर्षका दरले जेल सजाय सुनाएको थियो । उक्त फैसलालाई टेकेर तिलक जेलमुक्त भएका थिए ।
पुनारावेदन अदालत को फैसला अनुसार रामेछाप कारागारबाट कैद भुक्तान गरी घर फर्केका लोकबहादुर खड्काको मृत्यू भइसकेको छ भने अर्का दोषि लालबहादुर रामेछाप कारागारमा कैद भुक्तान गर्दैआएका छन् ।
साभार-इकान्तिपुर
No comments:
Post a Comment