नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीका लागि पार्टीका सर्वसम्मत उम्मेद्वार बन्नुभएको छ । कोइराला निवास महाराजगंजमा बसेको पदाधिकारी र केही बरिष्ठ केन्द्रीय सदस्यहरु सम्मिलित अनौपचारिक बैठकमा उप-सभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीका लागि आफ्नो दावी छाडेपछि कोइराला सर्वसम्मत उम्मेदवार बन्नुभएको हो। नेपाली कांग्रेसबाट प्रधानमन्त्रीका अर्का प्रत्यासी शेरबहादुर देउवाले यसअघि नै आफूले प्रधानमन्त्रीका लागि दावी छाडेको सार्बजनिक गर्दै सभापति कोइरालालाई सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ।
आज केही समयपछि बस्ने केन्द्रीय कार्य समितिको बैठकले उहाँको नाम औपचारिक रुपमा सार्बजनिक गर्ने छ । सभापति कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका लागि केन्द्रीय कार्य समितिको बैठकमा उप-सभापति पौडेलले प्रस्ताव गर्ने र बरिष्ठ नेता देउवाले समर्थन जनाउने कार्यक्रम तय गरिएको छ ।
No comments:
Post a Comment