Wednesday, December 5, 2012

फिलिपिन्समा समुद्री आँधि: ठूलो जन धनको क्षति


फिलिपिन्समा समुद्री आँधिपछि परेको पानी र आएको बाढीका कारण कयौं मानिस हताहत भएका छन। 
फिलिपिन्सको मिडानाओ द्वीपमा  हिजो मंगलबार आएको  भोपा नामको आँधिपछि आएको बाढीले न्यू बतानको अन्दप्मा आश्रय लिन बनाइएका दुइवटा घर बगाएको छ जसमा परी कम्तिमा  त्रिचालिसजना मारिएको बिबिसीले जनाएको  छ। 
बाढीले बगाई ल्याएको गेग्र्यान र हिलोले शहरतिर जाने मोटर बाटो बन्द भएको भए तापनि प्रभावित ठाउँमा हेलिकप्टर पठाएर स्थितिको जानकारी लियिने कुरा त्यहाँको सेनाले जनाएको छ।

No comments:

Post a Comment