Wednesday, December 5, 2012

कांग्रेसले सभापति सुशील कोइरालालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार तोक्ने

नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्नेभएको छ । यस प्रयोजनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बुधबार बस्दैछ । 


राजनीतिक सहमति जुटाउने उद्देश्यले बसेको तीन दलको बैठकमा एकीकृत नेकपा माओवादी र नेकपा एमालेले औपचारिक उम्मेदवार प्रस्तुत गर्न कांग्रेसलाई आग्रह गरेपछि कांग्रेसले बैठक बोलाउने  निर्णय गरेको हो ।  
आफ्नो नेतृत्वमा सहमतीय सरकार बन्ने समझदारी नभएसम्म उम्मेदवारको नाम सार्बजनिक नगर्ने अडान लिएको कांग्रेसले सोमबार र मंगलबारको तीन दलको बैठकमा माओवादी र एमालेका नेताहरूले कांग्रेसलाई उम्मेदवार दिन आग्रह गरेपछि उसले आफ्नो अडान छोडेको हो।

तस्बिर सौजन्य: कान्तिपुर 


No comments:

Post a Comment