
एमाओवादी दैलेख अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले द्वन्द्व चाहनेहरुले बेलायतमा कुमार लामा पक्राउ गर्नेदेखि दैलेखका पत्रकार डेकेन्द्रराज थापा प्रकरण उचालेको बताए । नाम उल्लेख नगरी उनले भने, 'डलरमणिहरुले न्याय खोज्न दैलेख जानु भनेर सहरका ठूला भनिएका मिडियाहरुबाट भ्रम छरे ।'
प्रधानमन्त्रीले पत्रकार डेकेन्द्रका हत्यारालाई कारबाही गर्नु हुँदैन भनेर सरकारले कहिल्यै नभनेको कुरा बताउंदै डेकेन्द्रजस्ता द्वन्द्वमा मारिएका निर्दोषहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर सबैलाई एकैसाथ न्याय दिलाउनुपर्ने कुरा मात्र गरेको जिकीर गर्नुभयो।
डलरको धन्दा गर्नेहरुले सर्वसाधारण जनतामा भ्रम छरेको आरोप पनि प्रधानमन्त्री बाबुराम भट्टराईले लगाउनुभयो।
No comments:
Post a Comment