Thursday, January 3, 2013


नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष कहिलेइ जिम्मेवार बन्नसकेनयस विद्युत प्राधिकरणले आफै बनाएको भार सम्प्रेषण तालिकाको पालना यसले कहिलेइ गरेन। यसले मनपरी विद्युत आपूर्ति गर्ने र काट्ने गर्दा आफ्ना टेलिभिजन, कम्प्युटर जलेर भएको क्षति समेत सहन गर्न नेपाली ग्राहकहरु बाध्य छन। 

क्षेत्र नम्बर चारमा आज बिहिबार विहान नौ बजे मात्र बत्ती निभाउनुपर्ने हो। तर ग्राहकहरुको घरमा चाहिने बेलामा बत्ती बलेको यस प्राधिकरणका कर्मचारीहरुलाई सह्य भएन। त्यसैले यिनीहरुले सातै बजे बत्ती निभाएर आठ बजे मात्र दिए। त्यसपछि नौ बजे बत्ती निभाए, फेरि पाँच मिनेटपछि दिए। सात बजे विजुली चाहिन्थ्यो- समाचार सुन्न, राइस कुकर जोड्न, पनि तताउन। त्यति बेला निभाइदिये(यद्देपि दिनुपर्थ्यो यिनीहरुकै समय तालिका अनुसार), अब नौ बजे हामी खाना खाएर सबैजना आफ्नो कार्यालयतिर लागे, तब विजुली दिए।  

विजुली मनपरी (पन्ध्र/पन्ध्र, बीसस/बीस मिनेटको अन्तरालमा समेत) निभाउने र बाल्ने गरिरहने गरेका कारण कतिले कति आर्थिक र मानसिक क्षति व्यहोर्नुपरेको छ, त्यो कुरा यस संस्था बुझ्न चाहदैन, काननूनको अभावमा। 

यस संस्थाको व्यवस्थापन पक्षमा अलिकती पनि व्यावशायिक इमान्दारी छ भने, पंचायत कालको राम्रो पक्षको अनुसरण गरोस, र मानिसहरु सुत्ने बेला (रातभरि) र सूर्यले उज्यालो दिने बेला (दिनभरि) बत्ति निभाएर पंचायत कालमा झैं विहान र बेलुकि (मानिसहरुलाई विजुली सबैभन्दा बढी चाहिने बेला) विजुली देओस। त्यति पनि गर्ने क्षमता छैन भने, कम्तिमा आफूले बनाएको भार सम्प्रेषण त;तालिकामा अडिग रहोस। हामी त्यसैमा बानी पर्दैछौं।

No comments:

Post a Comment