Wednesday, January 9, 2013

बाजुराको उत्तरी क्षेत्रमा केन्द्रविन्दु रहेको ५.५ रेक्टर स्केलको भूकम्प


मेरा मित्रले आज दिउँसो एक्कासी कराउदै भुइँचालो गयो भन्नुभयो। भुइँचालो भन्दासाथ सधै त्रसित र भ्रमित हुने उहाँको स्वभाव भएकाले मैले उहाँको चित्कारप्रति कुनै ध्यान दिइन, कतै कुनै संकेत नै छैन, त्यसै हल्ला गर्छ भन्दै मनमनै।
तर उनको छैटौं इन्द्रियले साँच्चिकै थाहा पाएकैरहेछ, भुइँचालो गएको। आज दिउँसो १ बजेर २९ मिनेट जाँदा बाजुराको उत्तरी क्षेत्रमा केन्द्रविन्दु रहेको ५.५ रेक्टर स्केलको भूकम्प भएको रहेछ। सो भूकम्पको धक्का बैतडी, बाजुरा, बझाङलगायतका जिल्लामा  महसूस गरिएको खानी तथा भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ। 
भूकम्पबाट के कति क्षेती भयो भन्ने बारेमा केही थाहा हुनसकेको छैन।

No comments:

Post a Comment