पैराणिक मान्यताअनुसार, आजकै दिन महालक्ष्मी बैकुण्ठबाट पृथ्वीमा को जागा छ, अर्थात ब्यूँझिइरहेको छ भनी आउँदा एक किसान दम्पतीका घरमा बाहेक अन्त कतै पनि उज्यालो नदेखेकाले तिनै किसान दम्पतीका घरमा बास बसेको र तिनीहरूबाट प्रसन्न भएर उनिहरूलाई धनधान्यले पूर्ण पारिदिएको विश्वास मानी आज महालक्ष्मीको पूजा–आराधना गरी रातभरि जाग्राम बस्ने चलन छ।
विजया
दशमीका दिनदेखि प्रारम्भ भएको टीका र जमरा लगाउने कार्य परम्परागत रूपमा आजकै दिन पूरा हुन्छ। यसका साथै घटस्थापनाका दिन विधिवत
रूपमा राखिएको जमरा, कलशलगायत पूजाका अन्य सम्पूर्ण
अवशेषको विसर्जन आजै गरिन्छ।
कोजाग्रत
पूर्णिमालाई नेपालीहरूको अर्को महान चाड
तिहारको आगमन हुनलागेको संकेतका रूपमा
पनि मनाइन्छ।
भोलिदेखि
एक महिनासम्म पवित्र नदीको जल वा कुण्डमा कार्तिकस्नान तथा तुलसीपूजा प्रारम्भ
हुन्छ।
यसै
पूर्णिमादेखि स्वच्छ र खुला आकाश तथा ग्रहनक्षत्रहरूको
सम्मानसूचक आकाशदीप बाल्ने परम्परा पनि छ। आफ्नो घरका धुरी वा काैशीमा आकाशदीप बालेर धनकी अधिष्ठात्रि
देवी महालक्ष्मीलाई आ–आफ्ना घरमा बास गर्न आह्वान गरेको वा निम्ता दिएको
पनि मानिन्छ।
अब अागामी तिहारकाे शुभकामना सबैलार्इ।