अमेरिकी राष्ट्रपति बाराक ओबामा रिपब्लिकन प्रतिद्वन्दी मिट रोम्निलाई पराजित गर्दै दोश्रो कार्यकालका लागि विजयी हुनुभएको छ। राष्ट्रपति बाराक ओबामाले निर्वाचनको सम्पूर्ण परिणाम आउनु अगावै विजयी हुनका लागि आवश्यक २ सय ७० इलेक्टोरल मत हासिल गरेर आफ्नो विजय सुनिस्चित पार्नुभएको हो।
राष्ट्रपति बाराक ओबामाले मुलुकको आर्थिक विकासमा देखापरेको असंतुस्ठी र रोम्नीको कडा चुनौतीलाई चिर्दै आफ्नो विजयलाई सुनिस्चित पार्नुभएको हो। तथापि कयौं राज्यहरुबाट निर्वाचन परिणाम आउन बाँकी रहेको अवस्थामा उहाँले आफ्ना प्रतिद्वन्दीको तुलनामा कति बढी मत ल्याउनुहुन्छ भन्ने कुरा थाहा पाउन भने बाँकी नै छ।
प्राप्त पछिल्लो परिणाम अनुसार ओबामाले २८१ मत प्राप्त गर्नु भएको छ भने रोम्निले २०१।
प्राप्त पछिल्लो परिणाम अनुसार ओबामाले २८१ मत प्राप्त गर्नु भएको छ भने रोम्निले २०१।
No comments:
Post a Comment