नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको भ्रष्टाचार र अनियमिताका वारेमा वुझ्नएको टोलीले आइतबारदेखि छानवीन कार्य शुरु गरेको छ । निगमको आन्तरिक नियन्त्रण विभागका निर्देशक सागर सत्यालको संयोजकत्वमा गठीत चार सदसीय छानविन टोलीमा निगमका उपनिर्देशक सरद पौडेल, प्रवन्धक चण्डी कार्की र आपुर्ती मन्त्रालयका शाखा अधिकृत श्रीराम भट्ट रहेका छन् । समितिले सरोकारवाला र अन्य विभिन्न पक्षसङ्ग छलफलका माद्यमबाट सूचना सङ्कलन गरी प्रतिवेदन तयार पार्ने छ । 'धेरै कुरा हेर्नुपर्ने भएकाले अझै केही दिन लाग्नसक्छ,' टोलीका सदस्य श्रीराम भट्टले भने, 'हामीलाई सात दिनको समय भएकाले विस्तृत विवरणसहितको सत्य-तथ्य वाहिर ल्याउँछौ ।'
निगमका क्षेत्रीय प्रवन्धक दिपक वरालसहितको मिलेमतोमा भाडाका ट्याङकरहरुसंग कमिसन लिनेगरेको, पुर्व क्षेत्रका पेट्रोल पम्पहरुले प्रतिलीटर ५० पैसा बढी मुल्यमा बिक्री गर्दा समेत कारवाही गर्न नसकेको, पेट्रोलियम पर्दाथ लिएर आउने ट्याङकरहरुबाट वाटैमा सिल तोडी तेल निकाल्ने गरेको लगाएतका अनियमीतताका आरोप छन् । निगमका कर्मचारीहरुकै मिलेमत्तोमा भारतवाट आउने ट्याङकरबाट बाटोमै २ सयदेखि ३ सय लिटरसम्म पेट्रोलीयम पर्दाथ निकाल्ने गरेको स्रोतको दावी छ । तेल नाप्ने यन्त्र बिगारेर अथवा निस्क्रिय बनाएर प्रयोगमा नल्याई अनियमितता गरेको विषयमा टोलीले छानबिन गर्ने बताइएको छ । टोलीले ट्याङ्कीबाट पेट्रोलियम पदार्थको नमूना लिएर छानबिन शुरु गरेको समितिले जनाएको छ ।
सधै घाटामा जाने निगममा भ्रष्टाचार तथा अनियमितताका समाचार यस अघि पनि सार्वजनिक हुदैआएका छन् । यसरी हुने भ्रष्टाचार तथा अनियमिततामा राम्रोसंग छानविन हुन नसक्दा दोषीहरुले सधै उन्मुक्ति पाउनाले यस भित्रको भ्रष्टाचार मौलाउँदो छ ।
No comments:
Post a Comment