वीरगन्ज, कार्तिक २१ गते - मधेशी जनअधिकार फोरम गणतान्त्रिक को पहिलो महाधिवेशन वीरगञ्जको घण्टाघरस्थित वीपी उद्यानमा आज शुरु भयो ।
महाधिवेशनको उद्घाटन पार्टीका कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले गर्नुभयो । उदघाट्न सत्रमा अन्य पार्टीका नेताहरु पनि अतिथीका रुपमा आमन्त्रित छन् । मुलुक बाहिरबाट पनि कतिपय राजनीतिक पार्टीका प्रतिनिधिहरु सहभागी हुने नेता राजलाल यादवले जानकारी दिनुभयो ।
महाधिवेशनमा तराई-मधेशका २० वटा जिल्ला र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट गरी १२ सयजना प्रतिनिधि सहभागी हुने जानकारी महाधिवेशन आयोजक समितिका संयोजक तथा केन्द्रीय सदस्य शशीकपुर मियाले दिनुभएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ अध्यक्ष चयनका साथै केही कार्य-समितिको निर्वाचन समेत गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष जयप्रकाश गुप्ता जेल परेपछि पार्टीमा नन्दनकुमार दत्त र सञ्चारमन्त्री यादव समूहबीच आधिकारिकताको विवाद चल्दैआएको छ । दत्त समूहले केन्द्रीय समितिमा निर्णय नगराई महाधिवेशनको नाटक गरिएको आरोप लगाएका छ । पार्टीको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधिन रहेको बेला यस दलले महाधिवेशन गर्न लागेको छ ।
No comments:
Post a Comment