नोभेम्बरको पहिलो मंगलबार हुने प्रचलनअनुसार, अमेरिकामा राष्ट्रपतिका लागि आज राती निर्वाचनहुँदैछ । राष्ट्रपति बाराक ओबामा र म्यासेच्युट्स राज्यका पूर्वगभर्नर मिट रोमनीबीच ह्वाइट हाउसको चुनावी दौड निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
मत सर्भेक्षणले तीन महत्त्वपूर्ण 'ब्याटलग्राउन्ड' राज्यमध्ये दुई फ्लोरिडा र भर्जिनियामा रोमनीको अग्रता देखाइरहेको स्थितिमा ओबामाले रिपब्लिकन उप-राष्ट्रपति उम्मेदवार पाउल रायनको गृहराज्य विस्कन्सिनका अतिरिक्त न्युहयाम्सायर, कोलोराडो र आइवामा अग्रता लिइरहेका छन् । दुवै पक्षका सबैभन्दा बढ्ता जोड १८ इलेक्टोरल भोट भएको ओहायो राज्यमा छ । ओहायोबिना दुवैलाई चुनाव जित्न गाह्रो पर्ने बताइएको छ । अधिकांश सर्भेक्षणले ओहायो राज्यमा ओबामाको अग्रतालाई संकेत गरिरहेका छन् । अघिल्लो महिना अमेरिकामा एक लाख ७१ हजार रोजगार सिर्जना भएपछि ओबामालाई यसले फाइदा पुर्याउने देखिएको छ ।
उता समुद्री आँधी स्यान्डीले न्युयोर्कको जनजीवनलाई प्रभावित पारेपछि मंगलबारको चुनाव प्रभावित हुने सम्भावना भएको छ । मंगलबार २० प्रतिशतभन्दा कम मत खसे अर्को दिन फेरि मतदान गराइने भएको छ ।
No comments:
Post a Comment